प्रचण्ड भन्छन्– ‘सरकार ढल्छ’, ओली भन्छन्– ‘जुनसुकै बेला चुनाव हुनसक्छ’ काठमाडौं। नेपाली कांग्रेस र माओवादी केन्द्रले छिट्टै सरकार ढल्ने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने कुनै पनि बेला चुनाव हुन सक्ने बताएका छन्। आज १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, “प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कुनै पनि बेला चुनाव हुनसक्ने भएकाले त्यसको लागि तयार रहन भनेको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्