गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते आह्वान काठमाडौँ। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते सोमबारका लागि आह्वान गरेका छन्। प्रदेश सरकारको सिफारिसमा उनले वैशाख २ गते मध्यरातदेखि हिउँदे अधिवेशन अन्त्य गरेका थिए। अधिवेशन अन्त्य भएकै दिन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रूपमा विशेष अधिवेशनको माग गरेका थिए। सोही दिन मुख्य मन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्