ओलीमा हिटलर प्रवृत्ति देखियो : माधव नेपाल काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, “प्रधानमन्त्रीले हिटलर शैली अपनाए, केही मान्छेहरूलाई किनेर भजनमण्डली बनाएका छन्, अन्त्यमा हिटलरजस्तै पतन भएर जान्छन्।” आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने प्रयास गरेको उनले आरोप लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्