मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गराएको छ। आज दर्ता भएको अविश्वास प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले देखापढीसँग भने, ‘अविश्वासको प्रस्ताव दर्ता गरिएको छ, नयाँ मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्