सर्वाेच्च अदालतमा दुई न्यायाधीश नियुक्त काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी)लाई सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छिन्। राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी विज्ञप्तिमा जनाइएको छ। चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्