मन्त्रिपरिषदको निर्णय : शहरी क्षेत्रका वैशाख मसान्तसम्म शिक्षण संस्था बन्द काठमाडौं। सरकारले शहरी क्षेत्रमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। गत शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले शहरी क्षेत्रमा वैशाख मसान्तसम्म शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय बन्द गर्न सरकारलाई चौतर्फी दबाब दिइएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्