एमाले केन्द्रीय समिति बैठक आज, माधव नेपाल पक्ष नजाने काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेपछि बोलाइएको बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थिति हुन भनिएको छ। यो बैठकमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ। अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय समितिलाई दशौं महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि पहिलो बैठक बस्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्