राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताएका छन्। अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज आयोजित छलफलमा उनले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताए। ‘राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो’, उनले भने। उनले देशमा शान्तिका लागि विश्व समुदायसँग ऐक्यबद्धता गर्ने उद्देश्यले परराष्ट्र नीति ल्याइएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्