राहुल गान्धीले रोके चुनाव प्रचार अभियान काठमाडौं। भारतमा बढ्दो कोरोना संक्रमणका कारण विपक्षी कांग्रेसले पश्चिम बंगालका सबै चुनावी प्रचार अभियान रोकेको छ। पार्टी नेता राहुल गान्धीले ट्विट गर्दै भनेका छन्, ‘‘कोरोनाका कारण उत्पन्न अवस्थालाई दृष्टिगत गर्दै पश्चिम बंगालको सबै र्‍याली रद्द गरेको छु। अन्य पार्टीलाई पनि चुनाव प्रचार रद्द गर्न अपिल गर्दछु।’’ पश्चिम बंगालमा पाँच चरणको चुनाव सकिएको छ, तीन चरणको मतदान बाँकी छ।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्