रुसले १० जना अमेरिकी नागरिकलाई निष्कासित गर्ने काठमाडौं। मस्कोमाथि अमेरिकी प्रतिबन्धको जवाफस्वरुप रुसले १० अधिकारीलाई निष्कासित गर्ने भएको छ। रुसले अन्य जवाफी कदमसमेत चाल्ने घोषणा गरेको छ। रुसी विदेशमन्त्री सेर्गेई लाभारोभले रुसको राजनीतिमा हस्तक्षेप गर्ने आठ जना र अमेरिकी गैरसरकारी संगठनमा काम गर्ने दुई जनालाई निष्कासन गर्न लागेको हो। अमेरिकाले बिहीबार वासिङ्टनबाट रुसका १० जनालाई निष्कासित गरिदिएपछि जवाफमा मस्कोको यस्तो प्रतिक्रिया दिएको हो।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्