अफगानिस्तानबाट सुरक्षाबल फिर्ता बोलाउनुअघि सैनिक थप्ने तयारीमा अमेरिका काठमाडौं। अफगानिस्तानबाट अमेरिकी सुरक्षाबल पूर्णरुपमा फिर्ता बोलाउनुअघि त्यहाँ सैनिक बढाउन सकिने पेन्टागनका प्रवक्ता जोन किर्बीले बताएका छन्। उनले सुरक्षाबललाई सुरक्षित तथा व्यवस्थित ढंगमा फिर्ता ल्याउनुअघि अफगानिस्तानमा सैनिक बढाउने संकेत गरेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा अमेरिकी सुरक्षाबल फिर्ता ल्याउने बताएका थिए। फिर्ता आउने सैनिकलाई मद्दतका निम्ति संख्या बढ्न सक्ने अमेरिकाको भनाइ छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्