नेकपा निरंकुशताको पक्षमा छैन : वरिष्ठ नेता नेपाल <p>नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको प्रष्ट्याएका छन् ।&nbsp;</p> <p>नेकपाका विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता नेपालले निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन पनि अन्य राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।</p> <p>पार्टी विदेश विभागले आयोजना गरेको &lsquo;कम्युनिष्ट पार्टीहरुको एशिया प्रशान्त क्षेत्रीय सम्मेलन&rsquo; को आज काठमाडौंमा उद्घाटन गर्दै नेता नेपालले जनताले सर्वाधिक रुचाएकाले नेपाल कम्युनिष्ट पार्टी नेपालमा लोकप्रिय हुन पुगेको पनि दाबी गरे ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्