गण्डकीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई प्रस्ताव काठमाडौं। गण्डकी सरकारविरुद्ध चार दलले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन्। गण्डकी सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । कृष्णचन्द्र नेपालीलाई गण्डकी सरकारको नयाँ मुख्यमन्त्रीमा प्रस्ताव समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्