न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित
म्याग्दी। न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ।
वि.सं.२०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो।
रेग्मीको ठाउँमा अर्का न्यायाधीश नआउँदा अदालतमा करिब एक महिनादेखि न्यायाधीशविहीन बनेको हो। रेग्मीको ठाउँमा सर्वोच्चले जनकपुर जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेललाई म्याग्दीमा सरुवा गरेको थियो।
प्रतिक्रिया दिनुहोस्
