संघीयता जोगाउन कांग्रेसको नेतृत्वमा सरकार : सिंह
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता जोगाउन कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन्।
चितवनमा आयोजित एक कार्यक्रममा वर्तमान सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरेको आरोप लगाए। उनले सरकार भ्रष्टाचारमा डुबेको पनि बताए।
संविधान र लोकतन्त्र नै धरापमा परेकाले बाध्य भएर कांग्रेस सरकार निर्माणमा अग्रसर भएको सिंहको स्पष्टोक्ति थियो ।
प्रतिक्रिया दिनुहोस्
