नतिजामुखी कार्यसम्पादनतर्फ उन्मुख हुन प्रहरी महानिरीक्षक क्षेत्रीको निर्देशन काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले नीति तथा कार्ययोजनाहरुको कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादनतर्फ उन्मुख हुनुपर्ने बताएका छन्। सांगठनिक मूल्य मान्यताहरुको विपरीत रही आफ्नो निजी स्वार्थसिद्ध गर्न कुनैपनि आर्थिक अपारदर्शी गतिविधि नगर्न समेत उनले बताए। पोखरामा आयोजित दुई दिने सुरक्षा गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्