जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको देउवाको भनाइ <p>काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन्। &nbsp;<br /> &lsquo;&lsquo; जोशी भविष्यमा पार्टी हाँक्न सक्ने नेता थिए,&rsquo;&rsquo; स्वर्गीय जोशीको १३औं पुण्यतिथिमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले भने। छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेताको रुपमा उनले जोशीको सम्झना गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्