कर्णाली प्रदेश सरकार संकटमा, तीन मन्त्री राजीनामा दिँदै <p>काठमाडौं। कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने तयारीमा लागेको छ। सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला(माधव नेपाल पक्ष)ले आजै राजीनामा दिन लागेका हुन्।&nbsp;<br /> मन्त्रीहरूले राजीनामा दिएपछि पनि एमाले नेतृत्वकै सरकार बनाउने तयारी पनि रहेको प्रदेशका एक नेताले बताएका छन्। एमाले नेतृत्वकै सरकार बनाउन ओली र माधव पक्ष दुवै सहमत छन्।</p>
प्रतिक्रिया दिनुहोस्