माधव नेपाल पक्षका तीन विद्यार्थी नेता कारवाहीमा
<p>काठमाडौं। माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरु कारवाहीमा परेका छन्। <br />
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु अध्यक्ष ऐन महरले आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेका हुन्। <br />
नेपाल पक्षका विद्यार्थीले चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए। यसअघि उनीहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै कारवाही गरेको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
