माओवादीले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीले राजीनामा नदिने : गोकुल बाँस्कोटा <p>काठमाडौं। माओवादीले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने दावी गोकुल बाँस्कोटाले गरेका छन्।</p> <p>आज संसद भवनबाट बाहिरिँदै पूर्वसञ्चारमन्त्रीले भने, &ldquo;माओवादीले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ।&rdquo; उनले संसदीय व्यवस्थामा आफ्नो पक्षमा बहुमत पुर्&zwj;याउन सक्ने प्रधामन्त्री हुने बताए। उनले संसदलाई सरकारले बिजनेस नदिएको भन्ने कुरालाई अस्वीकार गरे।</p>
प्रतिक्रिया दिनुहोस्