संविधानसम्मत् सरकारलाई हटाउन परराष्ट्रमन्त्रीको चुनौती <p>काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारलाई संविधानसम्मत् ढङ्गले हटाउन चुनौती दिएका छन्। संविधानमा सरकारलाई हटाउन सकिने गरिका अनेकन प्रावधानहरू रहेको भन्दै सोहीअनुसार हटाउन उनले चुनौती दिएका हुन्।</p> <p>प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ज्ञवालीले सरकारको विकल्प खोज्छु नभन्न आग्रह गरे।</p> <p>कांग्रेस सांसद देवेन्द्रराज कँडेलले वर्तमान एमाले नेतृत्वको सरकारलाई नचिन्ने भनेपछि ज्ञवालीले उक्त जवाफ दिएका हुन्। उनले संसद्को रेकर्डमा तथ्यहीन कुरा राख्न नहुने पनि बताए।</p>
प्रतिक्रिया दिनुहोस्