संघीय मामिला मन्त्रालयले बजेट खर्च गर्न सकेन <p>काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म २० अर्ब ८० करोड ७४ लाख रूपैयाँ बजेट विनियोजन गरिएकोमा मात्र ४ अर्ब १५ करोड ४० लाख रूपैयाँ खर्च गरेको छ। उक्त खर्च दोस्रो चौमासिकसम्मका लागि विनियोजित बजेटको १९.९६ प्रतिशत हो।</p> <p>मन्त्रालयले चालु खर्चतर्फ १ अर्ब ५८ करोड १९ लाख रूपैयाँ र पुँजीगततर्फ २ अर्ब ५७ करोड २० लाख रूपैयाँ खर्च गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्