दलहरूले सरकारलाई बन्दी बनाए : गोकुल बास्कोटा <p>काठमाडौँ। एमालेका सांसद गोकुल बास्कोटाले &lsquo;सरकार काम चलाउ भयो&rsquo; भन्नेलाई आफै अड्काउने आफै पड्काउने नगर्न सुझाव दिएका छन्।</p> <p>प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले प्रश्न गरे, &ldquo;सरकार गठन भएको जगभित्र के छ? समर्थन आफू गर्ने, फिर्ता दिन नसक्ने, अर्को सरकार कस्तो बनाउने भन्ने एजेण्डा प्रस्तुत गर्न नसक्ने, अनि कसरी काम चलाउ भयो?&rdquo;</p> <p>सरकारलाई बरु तिनै दलहरूले बन्दी बनाएको आरोप उनले लगाए।</p>
प्रतिक्रिया दिनुहोस्