संसद्लाई बिजनेस नदिएर सरकारले के सन्देश दिन खोजेको? : शशी श्रेष्ठ <p>काठमाडौं। एमाले सांसद शशी श्रेष्ठले संसद्लाई बिजनेस नदिएर सरकारले के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेकी छिन्। उनले संसद् बैठक बोलाउनु र बैठक सञ्चालन गर्नु मात्रै महत्त्वपूर्ण नहुने बताइन्।</p> <p>उनले ताजा जनादेश लिएर प्रतिनिधिसभामा आए पनि यसरी नै संसद्लाई बिजनेस नदिए मुलुक असफल हुने बताइन्। संसद्मा शोक प्रस्ताव पारित गर्ने र प्रतिवेदन पेश गर्ने मात्रै काम उचित नहुने उनले बताएकी छिन्।</p>
प्रतिक्रिया दिनुहोस्