कांग्रेसले एमालेलाई चिन्दैन : सांसद देवेन्द्रराज कँडेल <p>काठमाडौं। कांग्रेस सांसद देवेन्द्रराज कँडेलले नेकपा एमालेको सरकारलाई नचिन्ने बताएका छन्।</p> <p>नेकपाबाट सरकारले समर्थन लिँदै विश्वासको मत लिएको अवस्थामा सर्वोच्चको फैसलाअनुसार माओवादी र एमालेमा उक्त पार्टी परिणत हुँदा कांग्रेसले एमालेलाई अहिले सरकारको नेतृत्वकर्ता दलको रूपमा नचिन्ने बताए।</p> <p>सोही कारण प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत जसरी पनि लिनुपर्ने बताए। विश्वासको मत लिन्नँ भन्न नपाइने उनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्