कानमा रुवा र आँखामा साउने चस्मा लगाउन गोकुल बास्कोटाको सुझाव
<p>काठमाडौं। एमाले सांसद गोकुलप्रसाद बास्काटोले विकास नगर्ने भए राजनीतिक दलको आवश्यकता किन भन्दै प्रश्न गरेका छन्।</p>
<p>सांसद, मन्त्री र प्रधानमन्त्रीको कुसीमा बस्न मात्रै राजनीति गर्न नहुने भन्दै उनले वर्तमान सरकारले त्यही बुझेर विकास गरिरहेको दावी गरे।</p>
<p>तथ्याङ्कले विकास भएको पुष्टि गर्ने बताउँदै उनले आफूले गरेको विध्वंशलाई पनि विकास देख्नेहरूले कानमा रुवा लगाउने र आँखामा साउने चस्मा लगाउन सुझाए।</p>
प्रतिक्रिया दिनुहोस्
