कांग्रेस सांसद प्रधानले मागे प्रधानमन्त्रीको राजीनामा
<p>काठमाडौं। नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। </p>
<p>संसद्लाई विजनेसबिहीन बनाएको, संसद् विघटन गरेर अराजनीतिक र असंवैधानिक काम गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।</p>
<p>संसद् बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन पनि नगरेको र संसद्मा उठेका सवालहरूको जवाफ संसद्मै दिनुपर्ने पनि बताए।</p>
प्रतिक्रिया दिनुहोस्
