माधव पक्षका मन्त्रीहरूले भोलि मात्रै राजीनामा दिने <p>काठमाडौं। कर्णाली प्रदेशमा माधवकुमार नेपाल पक्षका तीनजना मन्त्रीहरूले भोलि मात्रै पदबाट राजीनामा दिने भएका छन्।</p> <p>प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावलले एमाले संसदीय दलको बैठक अगाडि नै पदबाट राजीनामा दिने भएको बताए।</p> <p>&ldquo;हिजो बसेको दलको बैठकमा हामीले नै राजीनामा दिन्छौं भन्यौं, भोलि फेरि दलको बैठक बस्छ, त्यसअघि नै दिन्छौं&rdquo;, मन्त्री रावलले देखापढीलाई बताए।</p> <p>दलको यअसघिको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्