एमाले प्रवेश गरेका टङ्क आङ्बुहाङमाथि कारबाही <p>काठमाडौं। दल त्याग गरेको भन्दै नेकपा माओवादी केन्द्रले प्रदेश १ का सांसद टङ्क आङ्बुहाङलाई कारबाही गरेको छ।</p> <p>माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कारबाहीसम्बन्धी पत्र प्रदेश संसद् सचिवालयमा बुझाएको बताए।</p> <p>आङ्बुहाङले माओवादीको तर्फबाट प्रदेशसभा र राजनीतिक दलको प्रतिनिधित्व नगरेको र एमालेमा प्रवेश गरी दल त्याग गरेकाले कारबाही गर्नुपरेका माओवादीले स्पष्ट पारेको छ।&nbsp;</p> <p>कारबाहीमा परेका आङ्बुहाङ ताप्लेजुङको प्रदेश &lsquo;ख&rsquo; निर्वाचित सांसद हुन्।</p>
प्रतिक्रिया दिनुहोस्