राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्ने माओवादीको तयारी <p>काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माओवादी केन्द्रले फिर्ता लिने भएको छ।</p> <p>राजनीतिक औचित्य सकिएपछि फिर्ता लिने भएको माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए।<br /> आज बस्ने प्रदेश संसद्को बैठकमा प्रस्ताव फिर्ता लिने भएको हो।</p> <p>एमाले नेता माधवकुमार नेपाल पक्षले समर्थन फिर्ता लिएपछि माओवादीको एक चौथाइ मत पुग्दैन। त्यही भएर माओवादीले फिर्ता लिने भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्