तीन एजेण्डामा छलफल गर्न एमाले संसदीय दलको बैठक भोलि बस्ने <p>काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक भोलि ३ बजे बस्ने भएको छ।</p> <p>बैठकमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए।</p> <p>सर्वोच्चको फागुन २३ गतेको फैसलाअनुसार एमाले ब्युँतिए पनि नेता माधवकुमार नेपालपक्ष सांसदहरू बैठकमा सहभागी भएका छैनन्। बैठकमा सहभागी गराउन प्रयास भइरहेको भट्टराईले बताए।</p>
प्रतिक्रिया दिनुहोस्