दुई दिने भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान <p>काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी छन् ।</p> <p>बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी नेपाल वायुसेवा निगमको चार्टर विमानमार्फत बंगलादेश प्रस्थान गरेकी हुन् ।&nbsp;</p> <p>राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल र बंगलादेशबीचको पारवहनसहित विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्