काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन्।
सिंहदरबारस्थित कार्यकक्षमा करिब २० मिनेट अध्यक्षद्वयले भेटघाटगरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। सभामुख सापकोटासँगको भेटघाटलाई अर्थपूर्ण रूपमा लिइएको छ। उनीहरूबीच के–के विषयमा छलफल भयो भन्ने खुलेको छैन।
आजै ४ बजेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक बोलाएकी छिन्। बैठकमा अविश्वासको प्रस्तावलगायत विषयमा छलफल भएको बुझिएको छ।
अध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लगायत पनि बैठकमा सहभागी भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओली र नेकपाको प्रचण्ड समूह राजनीतिक रूपमा विभाजित छ। यस्तो अवस्थामा आजको प्रतिनिधिसभा बैठकमा दुवै समूहका सांसदहरू भने एकै लाइनमा बस्नेछन्।
तर प्रचण्ड समूहले भने प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्भावना छ। ओलीले भने अविश्वासको प्रस्तावलाई दृढताका साथ सामना गर्ने बताउँदै आएका छन्।
ताजा जनादशेका लागि भन्दै प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।
फागुन ११ गते भने सर्वोच्च अदालतले विघटनलाई उल्ट्याउँदै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो।
पुनःस्थापना गर्ने क्रममा अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक आह्वान गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले आज ४ बजेका लागि बैठक बोलाएकी हुन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन्।सिंहदरबारस्थित कार्यकक्षमा करिब २० मिनेट अध्यक्षद्वयले भेटघाटगरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। सभामुख सापकोटासँगको भेटघाटलाई अर्थपूर्ण रूपमा लिइएको छ। उनीहरूबीच के–के विषयमा छलफल भयो भन्ने खुलेको छैन।

">