काठमाडौं। नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको छ।
२०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसको तर्फबाट छ वर्षसम्म राष्ट्रियसभा सदस्य रहेका स्वर्गीय उप्रेतीले पञ्चायतविरोधी आन्दोलनका क्रममा पटक-पटक जेलनेल भोगेका थिए।
नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रूपमा २०१८ सालमा कैलालीको धनगढीबाट सेवा सुरू गरेका थिए। पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० वर्ष उपचारमा संलग्न भएका थिए।
उप्रेतीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
“उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ,” देउवाले भनेका छन्।