काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताए।
आज राति सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने बताए। “प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुनेछैन,” थापाले लेखेका छन्।
यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने भन्दै थापाले लेखेका छन्, “सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन। बरु अस्थिरता अझै बढ्नेछ। सत्ताको खेल बढ्नेछ।”
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर १३ दिनभित्र संसद् बैठक आह्वान गर्ने आदेश दिएको छ। उक्त आदेश आएसँगै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने दबाब प्रधानमन्त्रीमाथि परेको छ। उक्त दबाबपछि प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने प्रेस सल्लाहकार थापाले प्रष्ट पारेका हुन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताए।
आज राति सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने बताए। “प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुनेछैन,” थापाले लेखेका छन्।
यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने भन्दै थापाले लेखेका छन्, “सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन। बरु अस्थिरता अझै बढ्नेछ। सत्ताको खेल बढ्नेछ।”
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर १३ दिनभित्र संसद् बैठक आह्वान गर्ने आदेश दिएको छ। उक्त आदेश आएसँगै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने दबाब प्रधानमन्त्रीमाथि परेको छ। उक्त दबाबपछि प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने प्रेस सल्लाहकार थापाले प्रष्ट पारेका हुन्।
"> प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने : प्रम प्रेस सल्लाहकार: Dekhapadhi
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने : प्रम प्रेस सल्लाहकार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताए।
यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने भन्दै थापाले लेखेका छन्, “सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन। बरु अस्थिरता अझै बढ्नेछ। सत्ताको खेल बढ्नेछ।”
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर १३ दिनभित्र संसद् बैठक आह्वान गर्ने आदेश दिएको छ। उक्त आदेश आएसँगै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने दबाब प्रधानमन्त्रीमाथि परेको छ। उक्त दबाबपछि प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने प्रेस सल्लाहकार थापाले प्रष्ट पारेका हुन्।
प्रतिक्रिया दिनुहोस्