शेरबहादुरको अगाडि हनुमानका झै घुँडा टेकेर माधव नेपालले क्रान्तिकारी गफ दिने? : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट हटाउनु पर्ने केही नेताहरु आफै किनारा लागेको बताएका छन्।

नेपाल भूमिहिन सुकुम्वासी संगठन केन्द्रीय कमिटीद्वारा आज राजधानीमा आयोजित राष्ट्रिय भेला तथा बैठकलाई सम्वोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह किनारा लाग्दा पार्टीमा सुद्धीकरण भएको बताए।

“पार्टीमा सुद्धीकरण हुनुपर्थ्यो। पार्टी, पार्टी जसरी चलेकै थिएन,” प्रधानमन्त्री ओलीले भने, “उनीहरु आफ्नै ढंगले किनारा लागे।”

प्रधानमन्त्री ओलीले सम्वोधनका क्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल केही दिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएको प्रशंग झिकेका थिए।

“माधव नेपाल १८ गते शेरबहादुरकहाँ गएका थिए। रामको अगाडि हनुमान बसेझै घँुडा टेकेर बसेका थिए। त्यसरी बसेर शेरबहादुरलाई दुई वर्ष प्रधानमन्त्री हुनोस्, लेखेर दिन्छु, ल्याप्चे नै लगाउँछु भनेछन्। अनि यस्तो ल्याप्चे लगाउँछु भन्ने व्यक्तिले बाहिर निस्केर आफू कम्युनिस्ट हुँ भन्दै क्रान्त्रिकारीका गफ दिने। मुकुण्डो खुइलियो,” प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया दिनुहोस्