काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखा परेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन्। 

अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने थापाको भनाइ छ। गृह जिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा बोल्दै थापाले १४ वर्षदेखिको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए। अब सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए। 

आफ्नो स्वार्थ सिद्ध गर्नको निमित्त देश,जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले विप्लब माओवादीदेखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे। भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन, बेरोजगारी र सर्वसत्तावाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनकेन्द्रित हुनुपर्ने बताए। जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनाअनुरूप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे। 

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन,संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा आ-आफ्नो धारणा राखेका थिए। आजको बैठकमा तीस जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको र बाकी जिल्ला अध्यक्षहरूको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

" /> काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखा परेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन्। 

अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने थापाको भनाइ छ। गृह जिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा बोल्दै थापाले १४ वर्षदेखिको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए। अब सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए। 

आफ्नो स्वार्थ सिद्ध गर्नको निमित्त देश,जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले विप्लब माओवादीदेखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे। भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन, बेरोजगारी र सर्वसत्तावाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनकेन्द्रित हुनुपर्ने बताए। जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनाअनुरूप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे। 

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन,संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा आ-आफ्नो धारणा राखेका थिए। आजको बैठकमा तीस जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको र बाकी जिल्ला अध्यक्षहरूको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

"> संवैधानिक अस्पष्टता र विवादको निराकरण अदालतले गर्छ : कमल थापा: Dekhapadhi
संवैधानिक अस्पष्टता र विवादको निराकरण अदालतले गर्छ : कमल थापा <p style="text-align: justify;">काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखा परेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने थापाको भनाइ छ। गृह जिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा बोल्दै थापाले १४ वर्षदेखिको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए। अब सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए।&nbsp;</p> <p style="text-align: justify;">आफ्नो स्वार्थ सिद्ध गर्नको निमित्त देश,जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले विप्लब माओवादीदेखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे। भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन, बेरोजगारी र सर्वसत्तावाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनकेन्द्रित हुनुपर्ने बताए। जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनाअनुरूप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे।&nbsp;</p> <p style="text-align: justify;">बैठकमा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन,संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा आ-आफ्नो धारणा राखेका थिए। आजको बैठकमा तीस जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको र बाकी जिल्ला अध्यक्षहरूको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्