प्रचण्डको ‘ननभेज आन्दोलन’को आशय के हो ? <p>देशको राजनीति फेरि एकपटक जटिल परिस्थितिमा आइपुगेको छ । तीन वर्षदेखि एउटै जेट विमानमा दुई पाइलटले यात्रा शुरु गरेका थिए । तर, आज परिस्थिति फेरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अहिले छुटिएका छन् ।</p> <p>सिंगो नेकपालाई छाडेर विभाजित नेकपाको नेतृत्व गर्ने अवस्थामा पुगेका छन् । यसै क्रममा दुई अध्यक्षबीच विभिन्न कार्यक्रममा घोचपेचमै उत्रिएका छन् भन्दा फरक नपर्ला । यस्तै प्रतिकुल परिस्थितिका बीच पुष्पकमल दाहालले केही दिन अघि अब हिंसात्मक आन्दोलनको आवश्यकता रहेको बताएका थिए ।</p> <p>के अब साँच्चिकै हिंसात्मक आन्दोलन गर्ने अवस्था हो ? कार्यकर्तालाई यसरी उक्साउन उपयुक्त हो ? शान्तिपूर्ण आन्दोलनबाटै आफ्ना माग सम्बोधन गराउन सकिँदैन र ?</p>
प्रतिक्रिया दिनुहोस्