निर्वाचनको विषयमा अदालतलाई दवाव दिनु गम्भीर गल्ती हो : नेता नेम्वाङ
काठमाडौं। नेकपाका स्थायी कमिटि सदस्य सुवास नेम्वाङले तोकिएको समयमा निर्वाचन हुँदैन भनेर सर्वोच्च अदालतमा विचारधिन मुद्दामा अनावश्यक दवाव दिने कार्य भइरहेको बताएका छन्। यो गम्भीर गल्ती हो। यस्तो कार्यले संबैधानिक विषयमा प्रश्न उठाउने उनले बताए।

नेकपाको प्रदेश–१ सम्पर्क मञ्चले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेता नेम्बाङले प्रधानन्यायधिस सुशिला कार्की रहेको बेला सर्वोच्च अदालतको पुर्ण इजालसले संबैधानिक इजालस बनाउने अधिकार प्रधानन्यायधिसलाई दिएको छ। अहिले पुर्ण इजालसको माग गरेर यो आदेशको खिलाफमा अनावश्यक बहस भएको उनले बताए।

“निर्वाचन तोकिएको मितिमा हुन्छ । कसैले भ्रम छरेर निर्वाचनका कार्य रोकिने छैन,” नेता नेम्वाङले बताए ।

“सविंधानको धारा ७७ ले गरेको ब्यबस्था अनुसार यो सरकार कार्यकारी हो। निर्वाचन आचारसंहिता जारी नभएसम्म सबै काम गर्न मिल्ने जिकिर गर्दै नेता नेम्वाङले भनेः  यो विषयमा राष्ट्रपतिको भुमिकालाई लिएर विवादित बनाउने प्रयास भएको छ।”

“अरुलाई हटाएर सत्ता कब्जा गर्ने रणनीति ठिक छैन। पुर्व एमालेको ९औं महाधिबेसनमा पराजित भएका ब्यक्तिले जितेका ब्यक्तिलाई हटाएर अध्यक्ष बन्ने सपना देखेकाले पार्टी विभाजनको अवस्थामा पुगेको छ,” उनले बताए।

प्रतिक्रिया दिनुहोस्