चाडपर्वलक्षित विशेष सुरक्षा योजना बनाएका छौंः गृहमन्त्री
आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन तथा शान्ति सुरक्षा कायम गर्न सरकारले आवश्यक तयारी गरिरहेको पनि बताए। चाडपर्वमा हुने महिला हिंसा नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको उनको भनाइ छ।

उनले राजमार्गहरूमै सहायता कक्षको स्थापना, बस टिकटमा कालोबजारी र कृत्रिम अभाव हुन नदिन तथा सडक दुर्घटना भइहालेमा तत्काल मेडिकल टिमको परिचालन गर्ने योजना तय गरिएको समितिलाई जानकारी दिए।

भारतबाट दशैं मान्न घर फर्किएका नागरिकहरूको सहायताका लागि सीमा क्षेत्रमा पनि नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको पनि उनको भनाइ छ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले दुई हजार, एक हजार र पाँच सय दरका भारतीय नोट नचल्ने भएकाले त्यसलाई नलिन पनि सबै नागरिकलाई सचेत गराएका थिए। नेपालमा प्रतिबन्ध लगाइएकाले ती भारतीय नोट प्रयोगमा नआउने हुनाले त्यस्ता नोट नलिन नागरिकलाई सचेत रहन पनि सचिव राईको आग्रह छ।

बैठकमा समितिका सदस्यहरूले दशैंको टिकट बुकिङको कामलाई व्यवस्थित बनाउन सरकारलाई सचेत गराएका थिए । उनीहरूले दशैंमा सवारीसाधनको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्