काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘प्रचण्ड–नेपाल’ समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि प्रतिनिधिसभा विघटन गर्ने कदमलाई पुनर्विचार गर्ने अपेक्षा रहेको बताएका छन्।
उनले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै उक्त कदमबाट पछाडि सर्ने अवसर सरकारलाई रहेको बताए। प्रतिनिधिसभा पुनर्स्थापना गरिए पार्टीले सबै कुरा बिर्सिन तयार गरेको पनि उनले उल्लेख गरे।
“अझै पनि असंवैधानिक कदमबाट पछाडि सर्नुहुन्छ भन्ने अपेक्षा छ र पछाडि सरे सबै कुरा बिर्सिन तयार छौँ,” मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले बताए।
उनले प्रधानमन्त्री ओलीले संविधान उल्लङ्घन गरेको र सोही कारण पार्टीको अध्यक्षबाट हटाएको तर सुध्रिन सक्ने भएकाले अन्तिम मौकास्वरूप केन्द्रीय कमिटी सदस्यबाट नहटाइएको बताए।
 stage protest in Kathmandu.jpg)
व्यङ्ग्य गर्दै नेपालले भने, “बालुवाटारको बालुवा पेल्दापेल्दा तेल निस्किन्छ, निस्क्यो भने स्याबास भन्छु, केही कमरेडहरू पेल्दै हुनुहुन्छ।”
उनले प्रतिनिधिसभा पुनर्स्थापना हुने दावी गरेका छन्। विरोध सभालाई सम्बोधन गर्दै नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री ओलीले अझै पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आशा राखिएको बताइन्।
सोही समूहका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनपछि जनताको अधिकार रक्षाका लागि सडकमा ओर्लिनु परेको बताए।
" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘प्रचण्ड–नेपाल’ समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि प्रतिनिधिसभा विघटन गर्ने कदमलाई पुनर्विचार गर्ने अपेक्षा रहेको बताएका छन्।उनले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै उक्त कदमबाट पछाडि सर्ने अवसर सरकारलाई रहेको बताए। प्रतिनिधिसभा पुनर्स्थापना गरिए पार्टीले सबै कुरा बिर्सिन तयार गरेको पनि उनले उल्लेख गरे।

">