हार्ने निर्क्योलमा किन पुगे वामदेव ?
काठमाडौँ। ४ असोज २०७६, शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा वामदेव गौतमले एकाएक उपनिर्वाचनमा आफू कास्कीबाट उम्मेदवार नहुने बताए।
पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनपछि कास्की–२ को संघीय सांसद पद रिक्त रहेको थियो। उक्त पदमा सचिवालय सदस्य वामदेव गौतमलाई उम्मेदवार बनाउने चर्चा थियो।
गौतम स्वंयले आफू उम्मेदवार नबन्ने बताएपछि त्यो सम्भावना रहेन।
गौतमले आफू पराजित हुने भएकाले नउठ्ने बताएका हुन्।
पराजित हुने टुंगोमा भने गौतम एकाएक पुगेका होइनन्।
नेकपाकै एक नेताले बताए अनुसार गौतमले कास्की–२ मा प्रारम्भिक मत सर्वेक्षणका लागि टोली नै खटाएका थिए।
उक्त टोलीले विजयको सम्भावना कम रहेको रिपोर्ट ल्याएपछि गौतमले उम्मेदवारी नदिने घोषणा गरेका हुन्।
यसअघि पार्टीको असहयोगका कारण उपनिर्वाचनमार्फत् संसद छिर्ने वामदेव गौतमको प्रयास असफल भएको थियो।
२०७५ असोजमा नै गौतमलाई उपनिर्वाचनबाट सांसद बनाउन काठमाडौँ–७ का सांसद रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोगका कारण त्यतिबेला गौतमपछि हट्न बाध्य भएको उनी निकट एक नेताले बताए।
त्यस्तै २०७५ भदौमा पनि गौतमले डोल्पाबाट उपनिर्वाचनमा प्रतिपस्र्धा गर्ने चर्चा थियो। संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा गराई उक्त ठाउँमा गौतमले उपनिर्वाचनमा प्रतिपस्र्धा गर्ने तयारी गरेका थिए।
त्यतिबेला पनि पार्टीको असहयोग भएकाले उनी पछि सरेको ती नेताले बताए।
अहिले भने पार्टीका अध्यक्षद्वयले नै कास्की–२ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न गौतमलाई आग्रह गरेका थिए।
आफू हार्ने सम्भावना बढी देखेकै कारण उनी कास्की–२ बाट निर्वाचन नलड्ने टुंगोमा पुगेका हुन्।
“निर्वाचन किन नलड्ने भन्ने विषयमा गौतमले शनिबार नै जारी गरेको विज्ञप्तिमा सम्पूर्ण कुरा उल्लेख छ,” गौतम निकट एक नेताले भने, “योभन्दा अन्य कारणले निर्वाचन नलड्ने निर्णय भएको होइन।”
गौतमले २०७४ सालको प्रतिनिधि सभा निर्वाचन बर्दिया क्षेत्र नम्बर–१ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा उनले ३२ हजार मतले जित्ने आंकलन हुँदाहुँदै पनि हार्नुपरेको शनिवार जारी विज्ञप्तिमा उल्लेख छ।
कास्की–२ मा ‘अत्यन्त कम मतान्तर भएको’ उनले पठाएको सर्वेक्षण टोलीले जानकारी गराएको नेकपाका एक नेताले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्