काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको आज दिउँसाे १ बजे बालुवाटारमा बस्ने बैठकले अध्यक्षद्वयको प्रतिवेदनका बारेमा निर्क्याेल गर्ने भएको छ।

गत मंसिर १३ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको जवाफका बारेमा छलफल गर्दै दुवै प्रस्तावको बारेमा निर्णय लिनेछ।

गत कात्तिक १८ गते कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै ‘राजनीतिक दस्तावेज’को नाममा ‘अभियोग पत्र’ पेस गरेपछि मंसिर ३ को सचिवालय बैठकमा ओलीले ‘प्रत्युत्तर पत्र’सहित जवाफ फर्काएका थिए।

प्रचण्डको आरोप र प्रधानमन्त्री ओलीको जवाफसहित दुईवटा पत्रका बारेमा निर्क्याेल गरी स्थायी कमिटीमा लैजाने कि नलैजाने भन्नेमा सचिवालयले निर्णय लिने एक सचिवालय सदस्यले बताए।

प्रधानमन्त्री ओलीले विधिसम्मत नआएको भन्दै प्रचण्डसहितको प्रस्तावलाई फिर्ता गरी अग्रगामी अजेन्डामा स्थायी कमिटीमा छलफल गर्नुपर्ने जनाएका छन् भने प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दुवै प्रस्ताव तल्ला कमिटीमा लैजानु पर्ने जनाउँदै आएका छन्।

पार्टीको अन्तरिम विधान र निर्णयबिना प्रचण्डले तल्ला कमिटीमा आफ्नो ‘आरोप पत्र’ पठाए पनि ओलीले भने आफ्नो प्रत्युत्तर तल्ला कमिटीमा पठाएका छैनन्।

आरोप-प्रत्यारोप र प्रत्युत्तरका बारेमा सचिवालयमा छलफल टुंग्याएर अन्य विषयमा प्रवेश गर्नुपर्ने ओलीको भनाइमा अन्य सदस्यले भने औपचारिकरूपमा धारणा दिइसकेका छैनन्।

" /> काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको आज दिउँसाे १ बजे बालुवाटारमा बस्ने बैठकले अध्यक्षद्वयको प्रतिवेदनका बारेमा निर्क्याेल गर्ने भएको छ।

गत मंसिर १३ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको जवाफका बारेमा छलफल गर्दै दुवै प्रस्तावको बारेमा निर्णय लिनेछ।

गत कात्तिक १८ गते कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै ‘राजनीतिक दस्तावेज’को नाममा ‘अभियोग पत्र’ पेस गरेपछि मंसिर ३ को सचिवालय बैठकमा ओलीले ‘प्रत्युत्तर पत्र’सहित जवाफ फर्काएका थिए।

प्रचण्डको आरोप र प्रधानमन्त्री ओलीको जवाफसहित दुईवटा पत्रका बारेमा निर्क्याेल गरी स्थायी कमिटीमा लैजाने कि नलैजाने भन्नेमा सचिवालयले निर्णय लिने एक सचिवालय सदस्यले बताए।

प्रधानमन्त्री ओलीले विधिसम्मत नआएको भन्दै प्रचण्डसहितको प्रस्तावलाई फिर्ता गरी अग्रगामी अजेन्डामा स्थायी कमिटीमा छलफल गर्नुपर्ने जनाएका छन् भने प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दुवै प्रस्ताव तल्ला कमिटीमा लैजानु पर्ने जनाउँदै आएका छन्।

पार्टीको अन्तरिम विधान र निर्णयबिना प्रचण्डले तल्ला कमिटीमा आफ्नो ‘आरोप पत्र’ पठाए पनि ओलीले भने आफ्नो प्रत्युत्तर तल्ला कमिटीमा पठाएका छैनन्।

आरोप-प्रत्यारोप र प्रत्युत्तरका बारेमा सचिवालयमा छलफल टुंग्याएर अन्य विषयमा प्रवेश गर्नुपर्ने ओलीको भनाइमा अन्य सदस्यले भने औपचारिकरूपमा धारणा दिइसकेका छैनन्।

"> प्रचण्डको ‘अभियोग पत्र’ र ओलीको ‘प्रत्युत्तर पत्र’ तल्ला कमिटीमा लैजाने कि नलैजाने आज निर्णय हुँदै: Dekhapadhi
फाइल तस्वीर।
प्रचण्डको ‘अभियोग पत्र’ र ओलीको ‘प्रत्युत्तर पत्र’ तल्ला कमिटीमा लैजाने कि नलैजाने आज निर्णय हुँदै
काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको आज दिउँसाे १ बजे बालुवाटारमा बस्ने बैठकले अध्यक्षद्वयको प्रतिवेदनका बारेमा निर्क्याेल गर्ने भएको छ।

गत मंसिर १३ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको जवाफका बारेमा छलफल गर्दै दुवै प्रस्तावको बारेमा निर्णय लिनेछ।

गत कात्तिक १८ गते कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै ‘राजनीतिक दस्तावेज’को नाममा ‘अभियोग पत्र’ पेस गरेपछि मंसिर ३ को सचिवालय बैठकमा ओलीले ‘प्रत्युत्तर पत्र’सहित जवाफ फर्काएका थिए।

प्रचण्डको आरोप र प्रधानमन्त्री ओलीको जवाफसहित दुईवटा पत्रका बारेमा निर्क्याेल गरी स्थायी कमिटीमा लैजाने कि नलैजाने भन्नेमा सचिवालयले निर्णय लिने एक सचिवालय सदस्यले बताए।

प्रधानमन्त्री ओलीले विधिसम्मत नआएको भन्दै प्रचण्डसहितको प्रस्तावलाई फिर्ता गरी अग्रगामी अजेन्डामा स्थायी कमिटीमा छलफल गर्नुपर्ने जनाएका छन् भने प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दुवै प्रस्ताव तल्ला कमिटीमा लैजानु पर्ने जनाउँदै आएका छन्।

पार्टीको अन्तरिम विधान र निर्णयबिना प्रचण्डले तल्ला कमिटीमा आफ्नो ‘आरोप पत्र’ पठाए पनि ओलीले भने आफ्नो प्रत्युत्तर तल्ला कमिटीमा पठाएका छैनन्।

आरोप-प्रत्यारोप र प्रत्युत्तरका बारेमा सचिवालयमा छलफल टुंग्याएर अन्य विषयमा प्रवेश गर्नुपर्ने ओलीको भनाइमा अन्य सदस्यले भने औपचारिकरूपमा धारणा दिइसकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्