काठमाडाैं। चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले चिनियाँ रक्षामन्त्री वेई फेङको नेपाल भ्रमणपछि चीनसँग भएका विभिन्न सम्झौता कार्यान्वयनले तीव्रता पाउने बताएका छन्।
आज देखापढीसँग कुरा गर्दै पूर्वराजदूत कार्कीले भने, "नेपालमाथि भारतले नाकाबन्दी लगाएको बेला नेपाल चीनबीच भएको पारवाहान सम्झौता कार्यान्वयन भए नेपालले धेरै लाभ लिन सक्छ र यसले नेपाल कुनै एक राष्ट्रमा निर्भर छ भन्नेहरुको भ्रम अन्त्य हुन्छ।"
एक दिने नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना सम्झौता कार्यान्वयनबारे चासो राखेका थिए।
पूर्वराजदूत कार्कीले चीनबाट ढुवानीका लागि अग्ला हिमाल र पहाड बाधक नबन्ने बताए। उनले भने, "कति मानिसले चीनसँग जोडिएका अग्ला हिमाल र पहाडलाई ढुवानीका लागि बाधक देखेका छन् तर चीनले नेपालजस्तो दर्जनौँ राष्ट्र पार गरेर विश्वमा आफ्नो उत्पादन बेचेको कुरा सत्य हो। त्यसैले हिमाल र पहाड बाधक बन्न सक्दैन।"
नेपाल र चीनविच संयुक्त सैन्य अभ्यास र सद्भावबारे विश्वशक्ति राष्ट्रकोसमेत चासो रहने गरेकाे पूर्वराजदुत कार्कीको भनाइ छ। उनले भने, "नेपालले चीन र भारतसँग सन्तुलित सम्बन्ध बनाउन सके दुवै देशबाट धेरै लाभ लिन सक्छ। नेपालका छिमेकी मित्रराष्ट्र चीन र भारत विश्वमै उदयमान अर्थतन्त्र भएका राष्ट्र भएका कारण अमेरिकी चासोसमेत नेपाली भूमिमाथि सधैँ रहन्छ।
केही समययता छिमेकी राष्ट्रहरुबाट एकपछि अर्को गरी उच्चस्तरीय भ्रमण हुनु नेपालले कूटनीतिक सम्बन्ध बलियो बनाउँदै गएको छ भन्ने प्रमाण भएकाे कार्कीले बताए।
नेपालमा चीनको सक्रियता बढेको छ भन्ने सन्दर्भमा उनले भने, "चीनले नेपाललाई सधैँ भन्ने गर्छ- भारतसँग पनि राम्रो सम्बन्ध बनाइराख्नु, तर भारत भने नेपाल र चीनबीचको सम्बन्ध देखेर शंका गर्छ, जुन आवश्यक छैन।"
" /> काठमाडाैं। चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले चिनियाँ रक्षामन्त्री वेई फेङको नेपाल भ्रमणपछि चीनसँग भएका विभिन्न सम्झौता कार्यान्वयनले तीव्रता पाउने बताएका छन्।आज देखापढीसँग कुरा गर्दै पूर्वराजदूत कार्कीले भने, "नेपालमाथि भारतले नाकाबन्दी लगाएको बेला नेपाल चीनबीच भएको पारवाहान सम्झौता कार्यान्वयन भए नेपालले धेरै लाभ लिन सक्छ र यसले नेपाल कुनै एक राष्ट्रमा निर्भर छ भन्नेहरुको भ्रम अन्त्य हुन्छ।"

">