काठमाडौं। चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ काठमाडौं आइपुगेका छन्।
उनी विशेष विमानमा केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।
चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेला दुवै देशका उच्चअधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
चिनियाँ रक्षामन्त्री वेइले करिब ८ घण्टा काठमाडौंमा बिताउने छन्।
चिनियाँ रक्षामन्त्री वेईले आजै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम छ।
भारतीय विदेशसचिव हर्षबर्द्धन श्रींगलाले दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्केको २ दिनपछि चिनियाँ रक्षामन्त्री नेपाल आएका हुन्।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो।
" /> काठमाडौं। चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ काठमाडौं आइपुगेका छन्।उनी विशेष विमानमा केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।

">