काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले विधानबमोजिम बैठक बोलाउनु भनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  महासचिव विष्णु पौडेललाई निर्देशन दिएपछि असन्तुष्ट पक्षले आज सचिवालय बैठक बोलाएका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन्। आजै ४ बजे बस्ने गरी बोलाइएको बैठकमा को-को उपस्थित हुने हो ? त्यो भने अहिले नै खुलिसकेको छैन।

यसअघि कात्तिक २१ गते प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्दै बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित थिए।

धुम्बाराहीमा बसेको सचिवालयको बहुमत सदस्यको भेलाले प्रधानमन्त्री ओलीसँग सामूहिक भेटघाट गर्ने निर्णय गरेको थियो भने भोलिपल्ट ४८ घन्टे अल्टिमेटम दिएर बैठक बोलाउन माग गरेका थिए। तर, असन्तुष्ट पक्षले दिएको ४८ घन्टे अल्टिमेटम हिजै सकिएको भए पनि प्रचण्डले आज मात्रै सचिवालय बैठक बोलाएको स्रोतले बतायो।

नेकपाभित्र विवाद बढदै जाँदा प्रधानमन्त्री ओलीले हिजो महासचिव पौडेललाई विधानअनुसार बैठक बोलाउनु भनेर तोक लगाएको पत्र प्रचण्डलाई बुझाएका थिए। आज पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएर विवाद हल गर्ने प्रयास गरेका थिए।

" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले विधानबमोजिम बैठक बोलाउनु भनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  महासचिव विष्णु पौडेललाई निर्देशन दिएपछि असन्तुष्ट पक्षले आज सचिवालय बैठक बोलाएका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन्। आजै ४ बजे बस्ने गरी बोलाइएको बैठकमा को-को उपस्थित हुने हो ? त्यो भने अहिले नै खुलिसकेको छैन।

यसअघि कात्तिक २१ गते प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्दै बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित थिए।

धुम्बाराहीमा बसेको सचिवालयको बहुमत सदस्यको भेलाले प्रधानमन्त्री ओलीसँग सामूहिक भेटघाट गर्ने निर्णय गरेको थियो भने भोलिपल्ट ४८ घन्टे अल्टिमेटम दिएर बैठक बोलाउन माग गरेका थिए। तर, असन्तुष्ट पक्षले दिएको ४८ घन्टे अल्टिमेटम हिजै सकिएको भए पनि प्रचण्डले आज मात्रै सचिवालय बैठक बोलाएको स्रोतले बतायो।

नेकपाभित्र विवाद बढदै जाँदा प्रधानमन्त्री ओलीले हिजो महासचिव पौडेललाई विधानअनुसार बैठक बोलाउनु भनेर तोक लगाएको पत्र प्रचण्डलाई बुझाएका थिए। आज पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएर विवाद हल गर्ने प्रयास गरेका थिए।

"> प्रचण्डले बोलाए सचिवालय बैठक, जालान् त ओली पक्ष ?: Dekhapadhi
प्रचण्डले बोलाए सचिवालय बैठक, जालान् त ओली पक्ष ?
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले विधानबमोजिम बैठक बोलाउनु भनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  महासचिव विष्णु पौडेललाई निर्देशन दिएपछि असन्तुष्ट पक्षले आज सचिवालय बैठक बोलाएका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन्। आजै ४ बजे बस्ने गरी बोलाइएको बैठकमा को-को उपस्थित हुने हो ? त्यो भने अहिले नै खुलिसकेको छैन।

यसअघि कात्तिक २१ गते प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्दै बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित थिए।

धुम्बाराहीमा बसेको सचिवालयको बहुमत सदस्यको भेलाले प्रधानमन्त्री ओलीसँग सामूहिक भेटघाट गर्ने निर्णय गरेको थियो भने भोलिपल्ट ४८ घन्टे अल्टिमेटम दिएर बैठक बोलाउन माग गरेका थिए। तर, असन्तुष्ट पक्षले दिएको ४८ घन्टे अल्टिमेटम हिजै सकिएको भए पनि प्रचण्डले आज मात्रै सचिवालय बैठक बोलाएको स्रोतले बतायो।

नेकपाभित्र विवाद बढदै जाँदा प्रधानमन्त्री ओलीले हिजो महासचिव पौडेललाई विधानअनुसार बैठक बोलाउनु भनेर तोक लगाएको पत्र प्रचण्डलाई बुझाएका थिए। आज पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएर विवाद हल गर्ने प्रयास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्