गण्डकी। नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य स्वर्गीय सूर्यबहादुर केसीको आज अन्येष्टि गरिएको छ। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट प्रभावित केसीको सोमबार राति निधन भएको थियो।
उनको पोखरा शान्तिघाटमा हिन्दु संस्कारअनुसार अत्येष्टि गरिएको हो। केसीका एक श्रीमती र तीन छोरा छन्।
अन्त्येष्टिअघि पोखरा महानगरपालिका-७ एयरपोर्टस्थित केसी निवासमा काँग्रेसका तर्फबाट अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको थियो। काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।
स्वर्गीय केसीप्रति श्रद्वाञ्जलि अर्पण गर्न काँग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुक पुगेको काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिएका छन्।
यसैबीच काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशन गरी पार्टीका नेता केसीको निधनप्रति दुःख व्यक्त गरेको छ। पार्टीलाई व्यवस्थित र सुदृढ गर्दै यसको विकास र विस्तार तथा कार्यकर्ताको मनोबल उकास्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेता केसीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सफल राजनीतिकर्मी, समाजसेवी र प्रतिष्ठित व्यवसायीको निधनले मर्माहत बनाएको जनाउँदै विज्ञप्तिमा शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा केसीले पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ।
रासस
" /> गण्डकी। नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य स्वर्गीय सूर्यबहादुर केसीको आज अन्येष्टि गरिएको छ। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट प्रभावित केसीको सोमबार राति निधन भएको थियो।उनको पोखरा शान्तिघाटमा हिन्दु संस्कारअनुसार अत्येष्टि गरिएको हो। केसीका एक श्रीमती र तीन छोरा छन्।

">