काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समय लिएर शनिबार बिहानै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे।
नेकपाभित्रको विवाद चर्किरहेको बेला मन्त्री ज्ञवालीले कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्नेबित्तिकै आफ्नो कुरा राख्न सुरू गरे, “आज म पीडा र निरशा मात्रै होइन, आक्रोश पनि पोख्न यहाँ आएको हुँ, अनुमति दिनुहोस्।’
ज्ञवालीको शब्द भुइँमा खस्न नपाउँदै प्रचण्डले सुन्ने इच्छा देखाए। त्यसपछि कार्यकारी अध्यक्षसामु धाराप्रवाह बोलेका ज्ञवालीले आपसी मतभेद रोक्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड मिल्नुको विकल्प नभएकोमा विभिन्न तर्क गर्दै जोड गरिरहे। पार्टीमा कनिष्ठ वरीयता भए पनि ज्ञवाली बोलिरहँदा प्रचण्डले सुनिमात्र रहे। जवाफ दिएनन्।
“यसै त धेरैलाई दुर्ईवटा कम्युनिस्ट पार्टी मिलेको मन परेको छैन। त्यसमाथि आर्थिक समृद्धि हासिल गर्नुपर्ने छ। पार्टीलाई महाधिवेशनमा लैजानुपर्ने छ। शक्ति राष्ट्रको चासो बढेको बढ्यै छ। यस्तो अवस्थामा नेताहरू मिल्दा त आक्रमण हुन्छ भने नमिल्दा झनै हुनु स्वाभाविक हो। त्यसैले यो गाईजात्रा रोक्नुहोस्, यो रोक्न जरूरी छ,” ज्ञवाली रोकिएनन्।
ओलीनिकट मानिने ज्ञवालीले ‘मिल्न नसक्ने भए समझदारीमा अलग हुनुहोस् तर गाईजात्रा नगर्नुहोस्,’ भनेपछि चाँहि प्रचण्डलाई मुख खोल्न कर लाग्यो। उनले ज्ञवालीलाई आस्वस्त पार्न खोजे, “मिल्नै नसक्ने गरी असमझदारी भएको छैन, मिल्ने नै हो।”
प्रचण्डले चाँहि फेरि पनि केही भनेनन्, मात्र सुनिरहे। ज्ञवालीले अझै थपे, “यदि, तपाईंहरू मिल्ने अवस्था नै समाप्त भएको हो भने समझदारीमा नै अलग-अलग हुनुहोस्। तर यो गाईजात्रा गरेर नबस्नुहोस्, आखिर पहिला पनि बामदेवजीले तपाईंहरूलाई भनिसक्नुभएको छ।”

खुमलटारमा केहीबेर कुराकानी गरेपछि हिँड्ने बेला पुनः ज्ञवालीले प्रचण्डलाई भने, “मिल्नै नसक्ने अवस्था हो भने समझदारीमा अलग हुनुहोस्।”
प्रचण्डले जवाफमा फेरि पनि भने, “त्यस्तो होइन, मिल्नै नसक्ने अवस्था छैन। केही असमझदारी छैन, त्यसलाई हल गर्दै जाने हो, हामी हल गर्छौं।”
त्यसपछि ज्ञवाली खुमलटारवाट बाहिरिए। ज्ञवालीलाई बिदा गरेको केही समयपछि प्रचण्ड पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे। कात्तिक ४ गतेपछि बालुवाटार नगएका प्रचण्ड शनिबार अपरान्ह बालुवाटार पुगेका थिए।
बालुवाटार पुग्नेबित्तिकै प्रचण्डले ओलीलाई बिहान ज्ञवालीसँगको भेटबारे बेलिविस्तार लगाए, “मलाई भेट्न आज परराष्ट्रमन्त्री आउनुभएको थियो। उहाँले मिल्नै नसक्ने अवस्था भए समझदारीमा छुट्टिनुहोस् भनेर सुझाव दिनुभयो।”
ओलीले सोधे, “उहाँको सुझाव कस्तो लाग्यो त?”
प्रचण्डले जवाफ फर्काए, “मलाई मन पर्यो ।”
प्रचण्डको जवाफले माहोल एकाएक फेरियो। केही छिन सन्नाटा छायो। भावुक मौनता चिर्दै प्रधानमन्त्री ओलीले त्यसपछि समकक्षी अध्यक्ष प्रचण्डलाई कार्यकर्ता र जनतासँग गरेका वाचाप्रति गम्भीर हुन आग्रह गरे।
“अलग भएपछि के नाश हुने हो? यस्तो गैरजिम्मेवार कदमले कसलाई कुन तरिकाले नाश गर्छ भन्ने कुरा ठण्डा दिमाग लगाएर सोच्नुहोला,” प्रधानमन्त्री ओलीको यो आग्रहमा प्रचण्डबाट कुनै प्रतिक्रिया आएन। उनी स्रोतामात्र बने।
दुई अध्यक्षबीचको यो छलफलमा कर्णाली प्रदेशको विवादका बारेमा पनि कुराकानी भयो। ओलीले कुनै पनि मन्त्री हटाउनु हुन्न, प्रमुख सचेतकमा गुलावजंग शाहलाई निरन्तरता दिनुपर्छ भन्ने अडान राखे। प्रचण्डले भने यसमा कर्णाली प्रदेशलाई नै निर्णय गर्न दिनुपर्ने र केन्द्रले हस्तक्षेप गर्न नहुने पूर्ववत् धारणा राखेर बालुवाटारबाट फर्किए।
यसैबीचमा कात्तिक ४ गते भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा नै भेटेका थिए। सोही दिन सोल्टी होटल पछाडि एकजना पाण्डे थरका व्यक्तिको घरमा प्रचण्डको नेतृत्त्वमा वरिष्ठ नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मालगायतको भेला बसेको थियो।
भेलामा २५ प्रतिशत सांसदको हस्ताक्षर संकलन गरेर संसदको विशेष महाधिवेशन बोलाउने र सोही अधिवेशनमार्फत आफूलाई हटाउने विषयमा छलफल भएको सूचना प्रधानमन्त्री ओलीकहाँ पुगिसकेको थियो। यसबीचमा गोयल फर्केको एक सातापछि कात्तिक ११ मा प्रचण्डले आफ्ना दुई छोरीलाई दिल्ली पठाए। जसबाट ओली थप सशंकित भए।
उता प्रचण्ड-नेपाल समूहलाई प्रधानमन्त्री र उनको टीमप्रति शंका छँदै थियो। प्रधानमन्त्रीका सहयोगीहरू प्रदीप नेपालकहाँ पुगेर नेकपा एमालेलाई ब्युँताउने बारेमा छलफल गरेको सूचना प्रचण्ड-नेपाल समूहकहाँ पुग्यो। जसले दुई पक्षबीचको सम्बन्धमा थप अविश्वासको अवस्था सिर्जना गर्यो।
ओलीको सो चेतावनीपछि कर्णाली प्रदेशको मन्त्रीमण्डल पुनर्गठन त तत्कालका लागि रोकियो तर नेकपा विवाद अर्को ठाउँमा प्रवेश गर्यो। टेलिफोन वार्तामा प्रचण्डले आफूलाई एकल अध्यक्ष दिनुपर्ने माग गरेपछि प्रधानमन्त्रीले जवाफ दिए, “तपाईं एकल अध्यक्ष नै हो नि। मैले पार्टीको काममा कहाँ डिस्टर्ब गरेको छु र? झन् तपाईंलाई पार्टी जिम्मा लगाएपछि म बालुवाटारबाटै निस्केको छैन। बरू तपाईंले महाधिवेशनको तयारीलगायतका काममा केन्द्रित हुनुस् भन्ने मेरो आग्रह हो।”
त्यही बीचमा प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ओली पक्षका दुई मन्त्री हटाएर नेपाल पक्षका तीन मन्त्रीलाई नियुक्त गर्न निर्देशन दिने काम गरेका थिए।
सो सूचना पाएपछि प्रधानमन्त्री ओलीले आइतबार बिहान आफूनिकट दुई मन्त्री दल रावल र नन्दबहादुर बुढालाई मुख्यमन्त्रीले माग गरेझैँ राजीनामा नदिन र बर्खास्तगीको सामना गर्न निर्देशन दिए। सँगै प्रचण्डलाई फोन गरेर ‘कर्णाली प्रदेशमा कुनै एक्सन लिनुभयो भने म महा एक्सन लिन्छु’ भनेर चेतावनी दिए।

विवादको घटनाक्रमले आइतबार बिहान झनै उग्र रूप लियो। खुमलटारमा बिहानै वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भए। त्यसपछि उपाध्यक्ष बामदेव गौतमलाई पनि खुमलटार बोलाइयो। खुमलटारमा पाँच जना नेता भेला भएपछि गृहमन्त्री रामबहादुर थापालाई पनि बोलाउने काम भयो। गृहमन्त्री थापालाई निम्तो जाँदा उनी भने बालुवाटारमा प्रधानमन्त्री ओलीसँग संवादमा थिए।
खुमलटार आउन आफू तयार भएको भन्दै थापाले प्रचण्डसँग सर्त राखे, “एक्लै कुराकानी गर्ने भए आउँछु, सामूहिक भए म आउँदिन।” प्रचण्डले एक्लै कुराकानी गर्ने हो भन्दै बोलाएपछि प्रधानमन्त्रीलाई छाडेर थापा खुमलटार लागे।
खुमलटार पुगेपछि प्रचण्डले थापालाई आफ्नो समूहको निर्णय सुनाउन थाले, ‘ओलीजीमा व्यक्तिवादी प्रवृत्ति हाबी भयो, यसले पार्टीलाई ठीक ठाउँमा लाँदैन, त्यसैले अब मिलेर अघि बढ्नुपर्यो’ भन्दै संसदको विशेष अधिवेशन बोलाउनका लागि हस्ताक्षर संकलन गर्न लागेकोसमेत सुनाए।
खुमलटारबाट फर्केपछि गृहमन्त्री थापाले आफू निकटलाई मात्रै होइन, प्रधानमन्त्रीको सचिवालयलाई पनि खुमलटारमा भएको छलफलका ‘ब्रिफिङ’ सुनाए। थापाले आफूनिकट नेताहरूलाई खुमलटार-बालुवाटारको विवादमा नबोल्न र कसैको पक्ष नलिनसमेत निर्देशन र आग्रह गरे।
उनले अगाडि भने, “उहाँले अलग हुने प्रस्ताव गर्नुभएको छ। त्यसैले उहाँलाई हटाउनुपर्यो, यसमा तपाईंको राय के छ?”
ओली पार्टी फुटाउन लागेको भन्दै भावुक कुरा गरेपछि थापाले मान्ने प्रचण्डको विश्वास थियो। तर, थापाले त्यसलाई ठाडै अस्वीकार गरे। ओलीलाई हटाउन नहुने भन्दै सुरूदेखि नै अडान राख्दै आएका थापाले आइतबार खुमलटारमा पनि त्यही अडान दोहोर्याए।
“ओलीजीलाई पाँच वर्ष सरकार चलाउन दिने भनेर स्थायी कमिटीमा हामीले नै निर्णय गरेका हौं। यो निर्णयविपरीत कसरी संसदबाट जान सकिन्छ? तपाईंहरूको योजना विधि र पद्धतिसम्मत छैन। यसमा मेरो समर्थन छैन,” थापाले स्पष्ट अडान राखेपछि प्रचण्ड केही हच्किए।
थापाले यी सबै विषयमा संसदबाट हल नखोजी सचिवालय र स्थायी कमिटीमा छलफल गर्नुपर्ने र छुट्टिने अवस्था भए केन्द्रीय समितिमा नै छलफल गरेर टुंगोमा पुग्नुपर्ने भनाइ राखेर खुमलटारबाट फर्किएका थिए।

खुमलटार बैठकमा ‘प्रधानमन्त्रीले अलग हुने प्रस्ताव’ गरेको बिफ्रिङ प्रचण्डले गरेको बताएका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई हटाउने बारेमा छलफल नभएको जिकिर गर्दै आएका छन्। ‘बरू, प्रधानमन्त्रीको सो प्रस्तावपछि पार्टी एकता कसरी जोगाउने भन्ने बारेमा हामीबीच छलफल भएको हो। प्रधानमन्त्रीलाई हटाउने छलफल नै भएको थिएन,” श्रेष्ठले भन्दै आएका छन्।
श्रेष्ठले यसो भने पनि गृहमन्त्री थापाले भने खुमलटारमा भएको छलफलका बारेमा आफूनिकटसँग निरन्तर ‘बिफ्रिङ’ गरिरहेका छन्। उता प्रदीप नेपालले पनि एमाले ब्युँताउन प्रधानमन्त्रीको टोली आफूकहाँ नआएको स्पष्टीकरण दिइसकेका छन्। उनले भनेका छन, “प्रधानमन्त्रीको टोली माधव नेपाललाई सहकार्यका लागि सम्झाइदिनुपर्यो भनेर आउनुभएको हो। एमाले ब्युँताउने छलफल नै भएको छैन।”
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समय लिएर शनिबार बिहानै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे।नेकपाभित्रको विवाद चर्किरहेको बेला मन्त्री ज्ञवालीले कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्नेबित्तिकै आफ्नो कुरा राख्न सुरू गरे, “आज म पीडा र निरशा मात्रै होइन, आक्रोश पनि पोख्न यहाँ आएको हुँ, अनुमति दिनुहोस्।’

">