नेकपाले ६ वटै महानगरका अध्यक्ष र सचिव टुंगो लगायो
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले देशका ६ वटा महानगरपालिकाको पार्टी अध्यक्ष र सचिवको टुंगो लगाएको छ।

आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ वटै महानगरका अध्यक्ष र सचिव मनोनित गरेको हो। बैठकले उनीहरूको नाम मनोनित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला मनोनित भएका छन्। सचिवमा रवीन्द्र श्रेष्ठलाई मनोनित गरिएको छ।

ललितपुर महानगरमा अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य, पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटालाई मनोनित गरिएको छ।

वीरगन्ज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा विश्वम्बर शर्मालाई मनोनित गरिएको छ।

विराटनगर महानगरमा सागर थापा अध्यक्ष र हेम कार्की सचिव मनोनित भएका छन्।

प्रवक्ता श्रेष्ठले आजको बैठकले ६ वटा महानगरका अध्यक्ष र सचिवको मात्रै टुंगो लगाएको र बाँकी काम छिट्टै टुंगो लगाउने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्