काठमाडौं। प्रदेश ५ सभाको बैठक केही बेरअघिबाट शुरू भएको छ।
आजको बैठकमा प्रदेश ५ को स्थायी राजधानी र नामबारे मतदान हुने कार्यसूची छ।
बैठक बिहान १२ बजेदेखि तोकिएको थियो। तर, दलहरू आन्तरिक छलफलमा जुटेकोले केहि ढिलो गरी शुरू भएको प्रदेश सभा सचिवलायले जनाएको छ।
अहिले मुख्यमन्त्री शंकर पोखरेलले सरकारले प्रस्ताव गरेको नाम र राजधानीको औचित्यबारे आफ्नो धारणा राखिरहेका छन्।
प्रदेशको राजधानी भालुवाङमा राख्ने प्रस्तावको विरोध गर्दै कांग्रेसका सदस्यहरू हिजो बैठकमा तोडफोडमै उत्रिएका थिए।
कांग्रेसको अवरोधका कारण बैठक आज १२ बजेसम्मका लागि स्थगित गरिएको थियो।
सभामा पेस भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेकपा संसदीय दलले र विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
प्रदेशमा कुल ८७ सांसद छन्। तीमध्ये ६१ जना नेकपाका छन्।
" /> काठमाडौं। प्रदेश ५ सभाको बैठक केही बेरअघिबाट शुरू भएको छ।आजको बैठकमा प्रदेश ५ को स्थायी राजधानी र नामबारे मतदान हुने कार्यसूची छ।

">